घाम लागेपनि बढी जाडो महसुस : चिसोबाट जोगिन मौसम विभागको अनुरोध

- पुष १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर