नेपाल सुपर लिग : काठमाडौंलाई ३–० गोल अन्तरले हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा पुग्यो
- पुष १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौँ ।
साबिक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।
आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं दबाबमा परेको थियो ।
ललितपुरले एनएसएलमा चौथो खेलमा आएर काठमाडौंविरुद्ध गोल गर्दै खेल जितेको हो । फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग सोमबार टाइब्रेकरमा पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिवार धनगढी एफसीसँग खेल्नेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments