•  ११ पुष २०८१, बिहीबार

खेल/ महिला क्रिकेट : एपीएफले शीर्ष ४ रहँदै प्लेअफ खेल्ने स्थान पक्का बनायो

- पुष ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ । प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले शीर्ष ४ रहँदै प्लेअफ खेल्ने पक्का गरेको हो ।
कर्णालीको भने प्रतियोगितामा यो लगातार पाँचौं हार हो । लिगमा एपीएफ र कर्णाली दुवैको समान २ खेल बाँकी छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि ओपनर तिर्सना विश्वकर्माले १९ बलमा ३ चौका सहित १९ रन बनाइन् । रश्मि खड्काले १० र गौरी बोहोराले १२ रन बनाइन् । अन्जु ६ रनमा र निलम शाही शुन्यमा अविजित रहिन् ।बलिङतर्फ अनुभवी स्पिनर करुणा भण्डारीले सर्वाधिक ४ विकेट लिइन् । सुमन विष्टले २ विकेट लिइन् । बिनु बुढा र सीता राना मगरले समान १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको थियो । पहिलो विकेटका लागि एपीएफका राजमति ऐरी र ममता चौधरीले ११७ रनको शतकीय पारी खेले ।
व्यक्तिगततर्फ राजमति ऐरीले सर्वाधिक ६७ रन बनाइन् । उनले ५५ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । ममता चौधरीले ५५ बलमा ८ चौकासहित ६२ रन बनाइन् । रोमा थापा १४ र मन्जु बोगटी १ रनमा अविजित रहे । कर्णालीका लागि एकमात्र विकेट तिर्सना विश्वकर्माले लिइन् ।
एपीएफ प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा सुदूरपश्चिमलाई ९ विकेट, मधेश प्रदेशलाई १० विकेट, लुम्बिनी प्रदेशमाथि ९० रन र कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । कर्णाली भने पहिलो खेलमा कोशीप्रदेशसँग १० विकेट, गण्डकीसँग ४४ रन, सुदुरपश्चिमसँग ८१ रन र लुम्बिनीसँग ३० रनले पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर