चलचित्र संसार / कलिवुड : विपनाको कमब्याक – चेत खुल्यो भने एउटा काम गर्यो र हरायोको स्थिति हुँदैन
- पुष ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली चलचित्रमा कुनै समय थियो । जुन बेला नायिका विपना थापा भने पछि चलचित्रका पारखीहरुमो मुखमा थापाको नाम झुण्डिएको हुन्थ्यो । हो अहिले अभिनेत्री थापा अभिनयबाट टाढिएकी हुन् कि भन्ने लख काट्ने गरिन्छ । आफ्नो पालामा उनले झण्डै एक सय वटा फिल्ममा अभिनय गरेर एक प्रकारको कीर्तिमान नै कायम गरेकी थिइन् थापाले ।
यसैबीच, उनी अहिले भने १७ वर्षपछि फिल्मको अभिनयमा पुनरामगन गर्दैछिन् । विवाह पश्चात् गृहस्थ जीवनमा व्यस्त उनी अहिले नीता ढुंगानाको फिल्म ‘ह्रश्व दीर्घ’ बाट कमब्याक गर्दैछिन् ।
यो खबरले उनका फ्यान त खुसी छन् नै फिल्म मेकर पनि दंग छन् । तर विपनाको मनमा भने डर भरिएछ । हो यही डर उनले सामाजिक सञ्जालमा भिडियो बनाएर बिहान– बिहानै सेयर गरेकी छिन् । उनले पहिलो फिल्म ‘जन्मभूमी’ मा काम गर्दा जस्तै डर अनुभव भएको बताएकी छिन् । फिल्म सुटमा नभएर अडिसनमा गए जस्तै अनुभूत भएको जनाएकी छिन् ।
सात बजे छायांकनस्थल पुग्नु पर्नेमा उनी बिहान चार बजे नै तयार भएको बताएकी छिन् । र दर्शकबाट पुरानै मायाको अपेक्षा गरेको बताएकी छिन् ।
बिपना जस्तो स्थापित कलाकारलाई त कमब्याकको यत्रो डर हुन्छ । तर अहिलेका कलाकार अभिनय त हो नि, गर्दिन्छु भन्दै हिँड्न थालेका छन । अग्रज र अनुभवबाट पनि सिक्न सकिन्छ भन्ने चेत अहिलेको पुस्तामा पनि आयो भने एउटा काम गर्यो र हरायोको स्थिति हुँदैन थियो कि ?
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments