पुरस्कार रकममा शतप्रतिशत वृद्धि : एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पाउने
- पुष ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले बुधबार पहिलो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा गरेको हो ।
पहिलो संस्करणको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो । तर यसपटकको विजेताले ७० लाख रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ । बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेता पनि फाइनलमा पुग्ने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments