इजरायल र हिजबुल्लाह विद्रोहीबीच भिडन्त, इजरायली हवाई हमला जारी
- पुष ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायल र लेबनानको सीमामा इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ । सो क्षेत्रमा धेरै इजरायली हवाई हमला जारी रहेको बताइएको छ ।
इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारीसमेत लिएको छ। भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् भने उनको उपचार जारी रहेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो। साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका थिए। भिडन्तको क्रममा धेरै बमबारीसमेत भएको जनाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments