खेल / फुटबल – प्रिमियर लिग : म्यानचेस्टरको एभर्टनमाथि ३–१ को पुनरागमन जित
- पुष १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा बुधबार एभर्टनमाथि ३–१ को पुनरागमन जित निकालेको छ। गुडिसन पार्कमा फिल फोडेन, जुलियन अल्वारेज र बेर्नार्डो सिल्भाको गोलमा जित हासिल गरेपछि सिटी लिग अंक तालिकाको शीर्ष चारमा फर्केको छ । एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको लिभरपुलको भन्दा ५ अंक कम छ ।
फिफा क्लब विश्वकपको उपाधि जितेर फर्केपछि पहिलो खेल खेल्ने क्रममा सिटी पहिलो हाफमा १–० ले पछाडि परेको थियो। २९ औं मिनेटमा ज्याक ह्यारिसले पूर्व क्लब विरुद्ध गोल गर्दै एभर्टनलाई अग्रता दिलाए थिए।
दोस्रो हाफको सुरुवातमै ह्यारिस दोस्रो गोलको नजिक पुगेका थिए। तर उनको प्रहार सिटीका गोलकिपर एडेरसनले रोकेका थिए। ५३ औं मिनेटमा फोडेनको गोलबाट सिटी खेल फर्केको थियो।
त्यसको ११ मिनेटपछि प्राप्त पेनाल्टीलाई अल्वारेजले गोल गर्दै सिटीको गोल अन्तरलाई दोब्बर बनाएका थिए। नाथन एकेको प्रहारमा आएको बललाई एमाडोउ ओनानाले पाखुराले रोकेपछि साविक विजेताले पेनाल्टी पाएको थियो।
खेल सकिन ४ मिनेट बाँकी रहँदा सिल्भाले गोल गरेपछि सिटीको जित सहज बनेको थियो। इन्ज्युरी समयमा फोडेनको प्रहार पोस्टमा लागेको थियो। जितपछि सिटीको ३७ अंक पुगेको छ। १६ अंक सहित एभर्टनको १७ अंक छ।
एजेन्सी
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments