रंग पत्रकार आचार्यलाई मातृशोक

- पुष १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रंग पत्रकार कुमार आचार्यलाई मातृशोक परेको छ । आचार्यकी ममतामयी आमा गंगामाया आचार्यको ६८ वर्षको उमेरमा काभ्रेस्थित उनकै निवासमा असामयीक निधन भएको हो ।
यसैबीच, चलचित्र पत्रकार संघ नेपालले एक शोक व्यक्तब्य जारी गर्दै आफ्ना सदस्य कुमार आचार्यकी ममतामयी आमाको निधनप्रति चलचित्र पत्रकार संघ नेपाल मर्माहत र स्तब्ध भएको जनाएको छ । संघका महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय कुमार आचार्यको ममतामयी आमाको निधनप्रति दुःख व्यक्त गर्दै संघ हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।’
दिवगंत गंगामाया आचार्यको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनामा गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर