•  ११ पुष २०८१, बिहीबार

क्रिकेटर लामिछानेको नटुङ्गिएको यात्रा : शुक्रबारका लागि हेर्दाहेर्दैमा

- पुष १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौैं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार वादी पक्षको सकिएकोमा विहिबार प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।
बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि नै टुङ्ग्याउने तयारी गरिएको छ ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर