शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रुपमा मानिन्छ

- पुष १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनका बारेमा केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र – भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छन। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सँग युद्ध ।
हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो। कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।

पवन तनय बल पवन समाना
बुद्धि विवेक विज्ञान निधाना
कवन् सो काज कठिन जग माही
जो नहि होय तात तुम्ह पाहीं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Comments

सम्बन्धित खवर