सरकारको एक वर्ष अवधिको समीक्षाका विषयमा केन्द्रीत
- पुष १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बैठकमा सरकारको एक वर्ष अवधिको समीक्षा, पार्टीको अभियान र जाजरकोट भूकम्पको सन्दर्भमा छलफल भइरहेको छ। बिहीबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानको कार्ययोजनाका बारेमा जानकारी गराएका थिए।
यस्तै अर्का सह-महामन्त्री जीवन परियारले जाजरकोट भूकम्पका सम्बन्धमा पार्टी र बैठकलाई जानकारी गराएका थिए। बिहीबार केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले धारणा राखेका थिए। आफ्नो धारणा राख्ने क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेको कामको ब्रिफिङसमेत गरेका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments