•  ११ पुष २०८१, बिहीबार

कहिले पाउँछन् मुक्ति ? : लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा बहश हुँदै

- पुष १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
विहिबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।
रमणकुमार श्रेष्ठको बहस नसकिएकाले शुक्रबार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर