अब के गर्छ रास्वपाले ? – मकैको खोया र सहकारी काण्डका नायक रास्वपा सभापति लामिछानेलाई

- पुष १३, २०८० मा प्रकाशित


काठमाडौं ।
राज्यमा अहिले मकैको खोया, सहकारी र रास्वपाका सभापति रवि लामिछानेको चर्चा छ । विभिन्न पारिवारीक पृष्ठभूमी देखी सहकारी अपचलनको कठघरामा अहिले आफूलाई एकतमासले उभ्याई रहेका सभापति लामिछानेले प्रगतिको दु्रतगति भनेको सञ्चारमाध्यमलाई भजाउन सक्ने खुबी नै हो ।
राजनीतिको एउटा वातावरणमा आउनु अगाडी विदेशमा रहेका सामान्य नेपालीहरुको बारेमा समाचार सम्प्रेषण गरेर एकाएक चर्चाको चौघरीमा आएका सभापति लामिछाने आन्तरिक व्यवहारीक कुराहरुको बिश्लेषण गर्दा अहिले सभापति लामिछानेमा छाएको मन्त्र भनेको आर्थिक लाभ नै हो कि भन्ने देखीन्छ ।
सभापति लामिछाने प्रति देखीएको आर्थिक दम्भको मोह भनेको देशका पुराना दलका नेताहरुलाई पच्छ्याएको प्रवृति भन्दा फरक नर्पला जस्तो लाग्छ ।

राजनीतिक यात्राको शुभारम्भ देखी नै विवादको नराम्रो भुमरीमा पस्दै आएका सभापति लामिछानेलाई जनमानसले जति माया दिएका थिए त्यो माया आफैमा हराउँदै छ । अहिले त्यही आर्थिक देखी विभिन्न विवादलाई लिएर सभापति लामिछाने माथि उनकै दलका नेताहरुले संका गर्न थालेका छन् ।
पछिल्लो समय रास्वपामा सभापति लामिछानेको कारण बिसंगतिको बारेमा अहिले पार्टीका नेताहरु स्वयंले अध्धयनको पाटो खोल्न थालेका छन् । अहिले पार्टी सभापति लामिछानेसँग जोडिएका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने चर्चा पनि चलेको छ ।
पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर अनौपचारिक छलफल भइरहे पनि औपचारिक छलफलका लागि बैठकको तयारी गरिएको हो जसको मूल कारक सभापति लामिछाने नै हुन् । पछिल्लो समय विभिन्न सहकारीबाट रकम उठाएर रास्वपा सभापति लामिछानेले ग्यालेक्सी टिभीमा लगानी गरेको लगायतका समाचार आइरहेका छन् । जसलाई लिएर लामिछानेले खण्डन गरे पनि यसबारेमा पार्टीका कुनै औपचारिक छलफल भएको छैन । त्यसैले अब रास्वपा भित्रबाट सभापति लामिछानेको बारेमा छलफल हुनु जरुरी देखीएको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर