सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा
- पुष १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो । शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ ।
फैसलामा भनिएको छ, ‘ नेपालको संविधानको मूल भावना विपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषदलाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय र सुचनाहरुसमेत उत्प्रेषणको आदेशद्धारा बदर गरिएको छ ।’
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments