नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सार्वजनिक ग¥यो नेपाल सुपर लिगको ट्रफी
- पुष १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार त्रिपुरेश्वस्थित दशरथ रंगशालमा ट्रफी सार्वजनिक गरेको हो ।
फाइनल खेलको एक दिन अगाडी सार्वजनिक गरिएको ट्रफी पछि दुबै टोलीका कप्तानहरुले आफूहरु फाइनल उपाधिका लागि तयार भएको बताए । धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको कुरालाई याद गर्दै यो सिजन उपाधिका लागि तयारी गरेको बताए ।
यता ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार भएको बताए । नेपाल सुपर लिगको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौं रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगचरणमा भने ललितपुर चौथो बन्दै इलिमिनेटरमा पुगेको थियो ।
नेपाल सुपर लिगको उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments