सुरु भयो खेल : रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

- पुष १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
धनगढी ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् । श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर