•  ११ पुष २०८१, बिहीबार

खेल / फुटबल : नेपाल सुपर लिग – उत्कृष्ट खेलाडीका दावेदार

- पुष १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् । उपाधिका साथसाथै आयोजकले व्यक्तिगत विधाका पुरस्कार राशिहरू पनि सार्वजनिक गरिसकेका छन् । यस संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट खेलाडीका दावेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् ।
अनन्त तामाङ

अनन्त तामाङको कप्तानीमा उत्रिएको ललितपुर सिटीको यसपटकको अभियानमा उतारचढाव आएका छन् । आक्रमणमा गोल गर्न संघर्ष गरेपनि अनन्तले आफ्नो डिफेन्सलाई राम्रो नेतृत्व दिएका छन् । उनी जुन टोलीबाट खेल्छन्, त्यस टोलीका लागि धेरै नै महत्त्वपूर्ण बन्ने गर्छन । टोलीको मुख्य डिफेन्डर रहेपनि उनले कार्ड पाएका छैनन् ।
ललितपुरका मार्की उनले अहिलेसम्म १० खेलको सबै समय खेल्दै ४ क्लिन सिट समेत राखेका छन् । सेट पिसमा विपक्षीका लागि खतरा बन्ने गरेका उनले ललितपुरका लागि एक गोल गरेका छन् । उनले दुइ खेलको म्यान अफ द म्याच अवार्ड समेत जितेका छन् ।

देवेन्द्र तामाङ

धनगढी एफसी देवेन्द्र तामाङले पनि आफ्नो टोलीले खेलेका नौ खेलको प्रत्येक मिनेट खेलेका छन् । उनले यो सिजन अझै पहेंलो कार्ड पाएका छैनन् ।
धनगढीका लागि निर्णायक रहँदै उनले तीनवटा क्लिन सिट राखेका छन् भने एक गोल पनि गरेका छन् । धनगढीले उनलाई कम मूल्यमा पाएकोमा भाग्यमानी भए पनि टोलीका लागि उनको महत्व निकै उच्च रहेको छ ।
अहमद हिजाजी

सिजन अघि धनगढी एफसीका लागि अहमद हिजाजी धेरै ढिलो आइपुगे । तर धनगढीको फाइनल पुग्नको लागि उनी निकै महत्त्वपूर्ण रहेका छन् । उनले अहिलेसम्म खेलेका नौ खेलमध्ये आठ खेलमा सुरुवात गरेका छन् र तीन गोल र एक असिस्ट गरेका छन् । धनगढीका लागि उनको महत्व उनको गोल र असिस्ट बाहेक उनको कार्यदरले गर्दा समेत रहेको छ ।
आयुष घलान

नेपाली फुटबलमा आयुष घलान भन्ने नाम बाट अपरिचित सायदै कोहि छ होला । पोखराका मार्की खेलाडी उनले यस पटक जादुमय खेल पस्किएका छन् । पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहन आयुषको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो । उनले पोखराले यस सिजन खेलेको १० खेल मध्य ८ खेल सुरुवात गर्दै २ गोल र १ असिस्ट गरेका थिए । आयुषले पनि दुइ खेलको म्यान अफ द म्याच अवार्ड जितेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर