प्रसंग बदल्न माहिर लामिछाने : ठगी प्रकरणमा फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय

- पुष १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं

सहकारी ठगी प्रकरणमा छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने अहिले निक्कै आक्रोशित देखिन्छन् । सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले सभापति लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने ।
रास्वपाका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए ।
बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन तस्करी प्रकरणको प्रसंग उठाएर सभापति लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।
गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न पूर्व गृहमन्त्री लामिछानेलाई चुनौती दिए । साथै प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन,’ श्रेष्ठले भने, ‘तर प्रिएक्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’
राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’
प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए । गृहमन्त्री श्रेष्ठले भने– ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर