चलचित्र संसार / कलिवुड : आमा बन्दै नायिका दिपिका

- पुष १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अभिनेत्री दीपिका प्रसाईं आमा बन्ने भएकी छिन् । उनी आफैंले सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् । दीपिकाका श्रीमान् निर्देशक दीवाकर भट्टराईले पनि एउटा पोस्टमार्फत बुवा बन्न लागेको जानकारी दिएका छन् । नयाँ वर्षको दिन उनीहरुले आफ्नो जीवनकै सबैभन्दा ठूलो खुशीको क्षण शेयर गरेका हुन् ।

दीवाकरले लेखेका छन्– ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया । तिमी आमा बन्दै छौं अनि म बाबा, अनि म कति खुशी छु, तिमीलाई कति धेरै माया गर्छु यो अनुभुति भन्नलाई यो शब्द अरु अपुरो छ । मलाई थाहा छ, तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया जीवन भर तिमीसँगै यसैगरी हिँड्न पाई राखौ यही एउटा चाहना छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर