राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने : सभापति देउवा
- पुष १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् । ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए ।
वैचारिक मतभेद र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ,’ उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’
प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा बिपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ,’ उनले भने ।
अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । ‘अनेकै किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो,’ उनले भने ।
गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै पार्टीको बिचमा सहमति छ, एउटा धारणा छ । त्यो नै अत्यन्त महत्त्वपूर्ण छ,’ उनी भन्छन्, ‘उ बेला (२०३३ साल पुस १६) मेलमिलाप राजासँगको मात्र थिएन । सबैसँग मेलमिलाप हो । अहिले राजा हटिसकेको बेलामा पार्टीका बिचमा मेलमिलाप हुने भयो ।’
राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताए । ‘कसैले नसोचे हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एक हुनुपर्छ । हामी सबैले मिलेर अगाडि बढ्नुपर्छ भन्ने बिपी कोइरालाले दिएको सन्देश हो । हामी एक भएर जाऔँ,’ उनले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments