जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

- पुष १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनीजापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ । त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर