असन्तुष्ट गजुरेल : राष्ट्रिय सभामा जाने कुरा लोभी पापीहरूले विषयान्तर गर्नका लागि चलाएको हल्ला मात्र : नेता गजुरेल
- पुष १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा एक महिना पुग्न लाग्दासमेत स्वीकृत भएको छैन । प्रधानमन्त्री दाहाल सँग असन्तुष्टि जनाउँदै गजुरेलले मंसिर २० गते राजीनामा दिए पनि अझैसम्म होल्ड भएर बसेको हो । गजुरेलले आफूले दिएको राजीनामा हालसम्म स्वीकृत नभएको पुष्टि गरे ।
राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । किन स्वीकृत भएन उतै सोध्नुहोला’, उनले भने । यस्तै राष्ट्रियसभामा जान लागिएको चर्चाबारे उनले लोभी पापीहरूले विषयान्तर गर्नका लागि चलाएको हल्ला मात्र भएको बताए ।
‘म राष्ट्रिय सभा जान राजीनामा दिएको होइन । विषयान्तर गर्नका लागि हल्ला चलाएका हुन’, उनले भने, ‘मैले जुन विषय उठाएर राजीनामा दिएको हो । त्यसलाई विषयान्तर गर्न खोजियो ।’
गत वर्ष सिन्धुली–२ बाट प्रतिनिधिसभाको टिकट खोसिएपछि असन्तुष्ट भएका उनलाई प्रधानमन्त्री दाहालले गत माघमा मन्त्रीसरह सुविधा दिने गरि राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । पछिल्लो समय सचिवालयमा आफ्नो भूमिकाको मूल्याङ्कन नभएकोमा उनी असन्तुष्ट देखिन्थे । यस्तै सुशासनको पक्षमा सरकारले चालेको कदमबाट ब्याक भएकोमा पनि उनी सन्तुष्ट देखिएका छैनन् । सरकारको भूमिकाले जनता निराश भएको उनको निष्कर्ष छ । बाँकी विषयमा राजीनामा स्वीकृत भएपछिमात्र बोल्ने उनले बताएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments