कासिन न्यूज,
काठमाडौं ।
प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।
बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूको गुनासो छ । सर्वोच्चमा रिट दायर गर्ने मध्येका एक जना वरिष्ठ सईले भने–‘हाम्रो दर्जा बढाउने निर्णय भयो तर, सेवा सुविधा यजुनिरले पाउने भन्दा कम पाएका छौँ ।’
एक दिनको तलब बराबर १ ग्रेड हुन्छ । वरिष्ठ प्रनानीहरुले थप ३ ग्रेड रकम पाउनुपर्ने माग गरेका छन् । पूर्व वरिष्ठ प्रनानीहरुले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् । बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ । सो रकममा प्रति ग्रेड ८९ रुपैयाँको दरमा पाँच ग्रेड पाउनुपर्ने उनीहरूको माग छ ।
अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् । वरिष्ठ प्रनानीहरुले मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments