वैदेशिक रोजगारीको नाममा विभिन्न मुलुकहरु पठाइदिन्छु भन्दै १० करोड ठग्ने लाल बहादुर प्रहरीको फन्दामा : सेन्टरबाट ९९७ थान राहदानी बरामद
- पुष १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विभिन्न बेरोजगार युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् ।
४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।
सो उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको छ ।
उनलाई शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोडभन्दा बढी रकम उठाएको पाइएको रेग्मीले बताए । उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments