खेल / क्रिकेट : क्यानले म्यानेजर पदमा दासलाई निरन्तरता दिने
- पुष १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले म्यानेजर पदमा विनोद दासलाई निरन्तरता दिने भएको छ । दोस्रो वर्ष कार्यकाल उनको डिसेम्बरसँगै सकिएकोछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगमी बोर्ड बैठकबाट उनको कार्यकाल थपिने बताएका छन् ।
उनको कार्यकाल थप्ने हो । निर्णय भएको छैन । तर उनको कार्यकाल थप्नीमा सहमति छ । एक एक वर्षमा थप्ने गरिएको छ । बोर्ड बैठक आगामी फेब्रुअरीमा बस्नेछ । त्यो समय निर्णय हुन सक्छ । त्यहिँ समय आइसिसीको टोली पनि नेपाल आउने सम्भावना छ’, चन्दले हाम्रो खेलकुदसँग भने ।
त्यसैमा उनले थपे, ‘अर्को निर्णय नहुनसम्म सबै काममा हुन्छन् । अर्को बोर्ड बैठकबाट कि हटाउने कि थप्ने हुन्छ । उनको निरन्तरता हुन्छ ।’
दास सन् २०२० डिसेम्बरमा क्यानको म्यानेजरमा नियुक्त भएका थिए । तर अपेक्षा अनुसार काम गर्न नसक्दा आलोचना भने खेप्दै आएका छन् । विशेषगरि घरेलु क्रिकेट चलायमान बनाउन नसक्दा आलोचानमा पर्दै आएका छन् । नेपालका पूर्वकप्तान तथा बलर दासले २०१६ देखी २०१९ सम्म नेपाली यू१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।
सन् १९९७ देखि यू१९ टोलीबाट नेपाली क्रिकेट टोलीको यात्रा गरेका दासले सन् २००० मा राष्ट्रिय टोलीमा संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध डेब्यू गरेका थिए । २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सन् २०१२ सम्म राष्ट्रिय टोलीमा खेलेका थिए ।
उनको प्रशिक्षकमा नेपालले २०१७ मा यू१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो । २०१९ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । दासले क्यानको जनरल म्यानेजरमा पनि आवेदन दिएका छन् । तर क्यानको नयाँ नेतृत्वले ७ जनाको सर्ट लिष्ट भई सकेको अवस्थाबाट पुन जनरल म्यानेजरको आवेदन माग गरेसँगै उनलाई त्यो पदमा नराख्ने पक्का जस्तै देखिन्छ ।
क्यानका पछिल्ला दुबै जनलर म्यानेजर रौनक मल्ल र वृतान्त खनाल काम गर्न नसकेका कारण बाहिरिएका थिए । क्यान ६ महिनादेखि जनरल म्यानेजर विहीन छ । खनालले राजीनामा दिएपछि नयाँ नियुक्ती भएको छैन । दुई पटक खुल्ला आवेदन माग भइसकेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments