राष्ट्रिय सभा : १९ वटै सिटमा उम्मेदवारी दिने एमालेको तयारी

- पुष २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ । महासचिव पोखरेलले भने, ‘भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशबीचको बैठकमा के–के विषयमा छलफल भयो र के–के विषयमा सम्झौता भए भन्ने कुरा सत्तापक्षले प्रतिपक्षसँग परामर्श नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो गरेन । यो विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छौँ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर