•  २३ पुष २०८१, मंगलवार

झन्डै ८० अर्ब डलर नोक्सानी भएपनि एसियाको सबैभन्दा धनी व्यक्तिको सूचिमा परे भारतका अडानी

- पुष २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको शेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रवार एक पटक फेरि एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका अडानीको व्यक्तिगत सम्पत्ति झन्डै ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र व्यवसाय दुवैले ती घाटामध्ये धेरैजसोलाई कम गरेका छन् । ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस हप्ता अडानीको कुल सम्पत्ति झन्डै सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवै जना धनी व्यक्तिको सूचीमा अहिले विश्वको १२ औँ र १३ औँ स्थानमा छन् ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस हप्ता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको शेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर