सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
- पुष २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सत्तारुढ गठबन्धन दलहरूको बैठक शनिबार पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल हुनेछ । नेकपा माओवादी र कांग्रेस नेकपा एमालेलाई पनि भागबण्डा गरेर लैजाने मनस्थितिमा रहे पनि एमालेले राष्ट्रियसभामा १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै गठबन्धन दलहरू निर्णायक छलफलमा जुट्न लागेका हुन् ।
राष्ट्रियसभामा एमालेबाट ९ सदस्य बाहिरिँदै छन् । यिनै ९ सदस्यमध्ये दलहरूबीच भागबण्डा हुनेछ । अन्य सिटमा जुन पार्टीको सदस्य खाली हुन लागेको हो सोही पार्टीले उम्मेदवार उठाउने गठबन्धनभित्र सहमति रहेको छ ।राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवार मनोनयको मिति तय गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments