कासिन न्यूज,
काठमाडौं ।
इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् । अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य सुरक्षा आयोगका आयुक्त टेस्फाउ बाटाबलका अनुसार खडेरीका कारण कृषि उत्पादनमा व्यापक क्षति पुगेको र मुलुकका नौ क्षेत्रका १८ लाख ४६ हजार ९८५ जना प्रभावित भएका छन् ।
खडेरीका कारण अम्हारा क्षेत्रका जनावर र मानिस दुवै भोकमरीमा परेका छन् । इथियोपियाली सञ्चारमाध्यमहरूले बेटबेललाई उद्धृत गर्दै लेखेका छन्, ‘खडेरीका कारण भएको क्षति लाई कम गर्न अम्हारा क्षेत्र प्रशासनले प्रभावितहरूको सहयोगका लागि करिब ७७ लाख अमेरिकी डलर छुट्याएको छ ।’
गत शनिबार इथियोपियाका सञ्चारमन्त्री लेजेस टुलुले इथियोपियाका विभिन्न क्षेत्रमा खडेरीका कारण ३८ लाख मानिस प्रभावित भएको बताएका थिए । संयुक्त राष्ट्रसंघीय बालकोषको शनिबार सार्वजनिक प्रतिवेदनमा इथियोपियामा जलवायु परिवर्तनको प्रभावका कारण मानवीय अवस्था झनै बिग्रिएको उल्लेख गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments