इरानमाथि पाकिस्तानको शृङ्खलाबद्ध आक्रमण : ९ जनाको ज्यान गयो, ३ जना बालबालिका घाइते
- माघ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाकिस्तानले इरानमाथि जवाफी आक्रमण गरेको छ । इरानले पाकिस्तानमाथि आक्रमण गरेको एक दिनपछि बिहिबार पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
पाकिस्तानले गरेको आक्रमणमा ३ महिला, ४ बालबालिका र २ पुरुष गरी ९ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । इरानले हिजो पाकिस्तानमा आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा २ जना बालबालिकाको ज्यान गएको थियो र ३ जना बालबालिका घाइते भएका थिए ।
यसैबीच इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने बताएका छन् । यस्तै अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले पछिल्ला केही दिनमा आफ्ना ३ छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments