प्रधानमन्त्री कप : कोशीलाई ६४ रनले पराजित गर्दै बागमतीको शानदार जित
- माघ ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।
त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो ।
बागमतीका आशुतोष घिरैयाले १ सय १८ रनको योगदान दिएका थिए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोशी प्रदेश लगातार पाँचौ हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । राउन्ड रोविन लिग फम्र्याटमा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments