तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

- माघ ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आइतबार दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्नुका साथै चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर