नेप्से परिसूचक : साढे २५ अङ्कले घट्यो, ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार

- माघ ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार २५ दशमलव ६३ अङ्कले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा झरेको छ । आइतबार हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आँखु खोला जलविद्युत् र समाज लघुवित्त संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आइतबार २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर