यू– १९ विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्धको खेलमा नेपालको खराव प्रदर्शन, गुल्शन झा २ रनमा क्याच आउट
- माघ ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालका युवा ब्याटर अर्जुन कुमालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आफ्नो लय, क्षमता र जिम्मेवारी ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक प्रहार गरेका हुन् । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनाएको छ । अर्जुन कुमाल ७४ बलमा ६ चौकासहित ५३ र दीपक बोहरा १३ रनमा नट आउट छन् ।
अर्जुन बाहेक अन्य शीर्ष पाँच ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई शून्यमा गुमाएको थियो । तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी २ रनमा क्याच आउट भएका थिए ।तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए ।न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भए ।देवले ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा क्याच आउट भए ।
गुल्शन स्पिनर ज्याक कमिङको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा ल्यूक वाटसनबाट २ रनमा क्याच आउट भए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments