कांग्रेसको अभियान : केन्द्रदेखि वडासम्म नेता परिचालन गरिने
- माघ ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पहिलो चरणमा १३ दिन ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। यस अभियानका क्रममा शीर्ष तहदेखि वडा तहसम्मलाई एक साथ परिचालन गर्ने योजना कांग्रेसले बनाएको छ।
कांग्रेसले यो अभियानका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय र उपसभापतिद्वयसहित सबै नेतालाई परिचालन गर्न लागेको हो। यस अभियानअन्तर्गतको पहिलो दिन आफू झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल भन्सारमा पुग्ने महामन्त्री गगनकुमार थापाले बताएका छन्।
यसअघि कांग्रेसले यो अभियान १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म चलाउने जनाएको थियो। तर पार्टीको महासमिति बैठक फागुनमा सरेसँगै यो अभियान पनि एक महिना धकेलिएको हो।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिँदैछन्। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो। तर पटक पटक स्थगित भइरहेको अवस्थामा यस पटक चाहिँ कांग्रेस नेताहरू गाउँ पस्ने पक्का भएको हो।
महामन्त्री थापाले संगठनका काम र समुदायसँग जोडिने काम यो अभियानका क्रममा एकसाथ हुने बताए। थापाका अनुसार यो अभियानमा केन्द्रीय कार्यसमितिका पदाधिकारीसहित सबै नेता, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिदेखि वडा कार्यसमितिलाई समेत एकसाथ परिचालित गरिँदैछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments