सुनसरीको नहरचोकबाट ८० किलो गाँजासहित दुई जना पक्राउ

- माघ ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुनसरीमा करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको देवानगञ्ज गाउँपालिका ६ नहरचोकबाट करिब ८० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासीबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर