आईसीसी यू-१९ विश्वकपमा चम्केका आकाश : एकै ओभरमा दुवै ओपनरको विकेट लिए
- माघ १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू-१९ विश्वकप २०२४ मा पाकिस्तानका दुवै ओपनरको विकेट एकै ओभरमा लिएका छन् । आकाश चन्दको २२ औं ओभरको दोस्रो बलमा ओपनर शम्याल हुसेन उत्तमथापा मगरबाट ३७ रनमा क्याच आउट भए । बाउन्सर बलमा उनी टप एज लागेर क्याच आउट भएका थिए । उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
चौथो बलमा शाहजैब खान ३७ रनमा आउट भए । सट बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका हुन् । उनले ७० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।एकै ओभरमा दुई विकेट लिएपछि नेपाल खेलमा फर्किन सक्ने संकेत देखाएको छ ।
त्यसअघि बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।
नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments