आहारारा गोल्डकप : बिहिबार मच्छिन्द्र र जावलाखेलको पहिलो भिड्न्त
- माघ ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
कास्की ।
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा बिहिबार मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदैछ । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । आहाराराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् ।
आहारारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३(१ ले पराजित हुँदै बाहिरिएको थियो । जावलाखेलको आहारारामा यो चौंथो सहभागिता हो । २०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २-० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो ।
११औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो । १२औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १-० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो । आहारारामा जावलाखेल एक दशकपछि फर्किएको हो । यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराउँदैछ ।
जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउला पनि जावलाखेलबाटै खेल्दैछन् ।
त्यस्तै, मच्छिन्द्रले पनि २ जना विदेशी खेलाडीसहित अधिकांश राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई मैदान उतार्दैछ । मच्छिन्द्रबाट यसपटक राष्ट्रिय टिमका सनिष श्रेष्ठ, आशिष चौधरी, उत्सव राई, छिरिङ लामा, मनिष डाँगी खेल्दैछन् । मच्छिन्द्रको प्रशिक्षक सन्तोष न्यौपाने छन् ।
सेसेहाङ लिम्बु, विमल घर्तिमगरसमेत पनि मच्छिन्द्रबाटै खेल्दैछन् ।सेसेहाङ हालैमात्र विभागीय आर्मी छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यस्तै, सनिष श्रेष्ठ विभागीय टिम एपीएफबाट आएका हुन् भने आशिष चौधरी चर्च ब्वाइजबाट आएका हुन् ।
बिहिबारको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments