नेप्से परिसूचकमा लगातार गिरावट : ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घट्यो
- माघ ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन बिहीबार नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ ।
बिहीबार तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा रु तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ । कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।
सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यो कम्पनीको रु २८ करोड ६७ लाख बराबरको कारोबार भएको हो । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments