अन्तर्राष्ट्रिय भन्सार दिवस : जानकारीमूलक कार्यक्रम गरेर मनाइँदै
- माघ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । वर्ष २०२४ को भन्सार दिवसको नारा Customs Engaging Traditional and New Partners with Purpose रहेको छ । निर्दिष्ट उद्देश्यका साथ परम्परागत र नयाँ साझेदारहरू संलग्न गर्ने भन्सार भन्ने अर्थ लाग्दछ । यस वर्ष भन्सारको परम्परागत र आधूनिक दुबै तवरहरुको विश्वभरि महत्व दर्शाइदै छ ।
जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । शुक्रबार नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
भन्सार महसुल भनेको के हो ?
दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments