आईसीसी यू–१९ विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल
- माघ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले शुक्रबार समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ। यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्न लागेको हो।
नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १::४५ बजेदेखि सुरु हुनेछ। यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्छ। नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।
शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ।
अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments