आइसीसी यू-१९ विश्वकप : अफगानिस्तान १४५ रनमा रोकियो, आकाश चन्द एक्लैले ५ विकेट लिए

- माघ १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा रोकियो ।

नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ धरासायी बनेको थियो । नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए । गुल्शन झा, तिलक भण्डारी र सुवास भण्डारीले १/१ विकेट लिए ।

अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए । सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर