जुरमुराएको काँग्रेस : नागरिकका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन, थापाको मेची–महाकाली यात्रा
- माघ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसले छ हजार सात सय ४३ वटै वडासम्म पुगेर नागरिकका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गर्ने भएको छ । माघ १६ अर्थात् शहीद दिवसदेखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेसका पदाधिकारी सात प्रदेशमा खटिएका छन् । सदस्यहरूलाई ७७ जिल्लामा प्रतिनिधि तोकिएको छ ।
यस पटक केन्द्रीय कार्यालयले नेताहरूलाई भाषण गर्न भने रोक लगाएको छ । यो समुदायसँग अन्तरसंवाद गर्ने, गुनासा सुन्ने र सुझाव सङ्कलन गर्ने अभियान भएकाले औपचारिक कार्यक्रम, आसन ग्रहण र नेताले भाषण गर्ने कार्यक्रम नगर्न भनिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
जिल्ला खटिएका प्रतिनिधिले जिल्लामा पुगेर भोलि र पर्सि जिल्ला कार्यसमितिको विस्तारित बैठक गर्ने कार्यसूची छ । अभियानका क्रममा तीनै तहका सरकारसँगका नागरिकका अपेक्षा, सुझाव र गुनासा सङ्कलन गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । अभियानका क्रममा वृक्षरोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम तय गरी कार्यक्रम गर्न कांग्रेसको परिपत्र छ ।
यसैबीच समुदायमा कांग्रेस अभियान चलिरहेकै बेला कांग्रेस महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् । नागरिकका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्तासँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लागेका हुन् । औपचारिक कार्यक्रम नगरिकनै हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न गर्ने थापाको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments