आइसीसी यू–१९ विश्वकप : अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुग्यो
- माघ १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल अघिल्लो चरणमा मा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको एक सय ४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान देव खनालले महत्वपूर्ण अर्धसतक बनाए । ८९ बल सामना गरेको खनालले सात चौकासहित ५८ रन बनाए ।
नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।अफगानिस्तानका लागि फरिदुन दावुड्जाई ३, खलिल अहमद र नासिर खानले २र२ विकेट लिए । अरब गुल र घजान्फरको नाममा १र१ विकेट रह्यो ।
त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १४५ रन बनाएको थियो । नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ धरासायी बनेको थियो ।
अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए । नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए । गुल्शन झा, तिलक भण्डारी र सुवास भण्डारीले १र१ विकेट लिए ।
यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् । आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।
समूह ‘डी’बाट पाकिस्तान र न्यूजिल्याण्ड यसअघि नै सुपर सिक्समा पुगेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments