शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकममा वृद्धि

- माघ १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सोमबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । आइतबार १० दशमलव ३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार १० दशमलव २६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । सोमबार बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ ।

सोमबार युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सोमबार गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ । सोमबार आइतबारको भन्दा कारोबार रकम बढेको छ । सोमबार एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर