झलनाथको प्रस्ताव : दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ
- माघ १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन् । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान गठबन्धन प्रति सन्तुष्ट देखिए ।
उनले भने, ‘ हामी नयाँ ढङ्गले अगाडि बढ्न सक्छौ तर हाम्रो पार्टीले ठिक दिशा लिन सक्नुपर्छ । यसो हुँदा अरू वामपन्थीलाई पनि एकताबद्ध गर्न सक्छौँ । वाम पन्थी एकता किन नगर्ने भन्न सक्छौँ । हामीसँग क्रान्तिको सिङ्गो शृंखला हुनुपर्छ । पुँजीवादी दक्षिणपन्थीसँग गठबन्धन गर्ने भन्दा वामपन्थीसँग गठबन्धन गर्न यो कारणले सही छ भन्ने कुरा आउँछ । अनि मात्र वामपन्थी एकता कायम हुन्छ।’
उनले वाम एकता भयो भने मात्र जनताका मुद्दा सम्बोधन हुने बताए । उनले कम्युनिस्ट आन्दोलनका भयानक गल्तीहरु भएकाले सच्चिएर अगाडि जानुपर्ने समेत बताए । यस्तै पार्टीले उमेर हद पनि कायम नराख्ने भएको पनि बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments