आगामी ३ दिनसम्म देशैभरको मौसम बदली हुनुको साथै पानी पर्ने र हिमपात हुने सम्भावना
- माघ १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन । यी ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ ।
मंगलबार राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही ठाउँमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै बुधबार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यस्तै पर्सि पश्चिम नेपालका केही ठाउँमा दिनभरि नै पानी पर्ने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली सबैजसो ठाउँमा हिमपात हुनेछ ।
केही दिनअघि मात्र पनि देशका केही ठाउँमा छिटफुट वर्षा र हिमपात हुँदा किसान खुसी भएका थिए । लामो समयको खडेरी पछि पानी पार्ने र हिमपात हुने खबरले उनीहरू झनै खुसी छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments