सरकारलाई कमल थापाको धम्की : सहकारीको समस्या बेवास्ता गरे परिस्थिति बिष्फोटक हुन्छ
- माघ १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति बिष्फोटक हुने चेतावनी दिएका छन् । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र सड्ढटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो ।
सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसङ्ग जोडिएको बिषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ती समेत प्रकट गरे ।
सहकारी संचालक, बचतकर्ता र ऋणिहरु कसैलाई पनि अन्याय नहुने गरि सरकारले समस्या समाधानका लागि भएका सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै थापाले सड्ढटग्रस्त सहकारी पहिचान गरि राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रुपमा हुनुपर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेबी मल्लले समस्या समाधानमा महासंघ सकारात्मक भुमिका खेल्न तयार भएको तर सरकारको प्राथमिकतामा यो बिषय नपरेकोमा चिन्ता ब्यक्त गरिन ।कार्यक्रममा पुर्ब सचिब एबं बिज्ञ गोपि मैनालिले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी संचालक , सहकारीकर्मी , पिडित पक्षहरुले समस्या र समाधानको उपाएका बिषयमा आफ्नो आफ्नो धारणा राखेका थिए ।
राप्रपा नेपालको सहकारी बिभागले कार्यक्रम गरेको तथा कार्यक्रमको निष्कर्ष सहित सरकारलाई ज्ञापनपत्र बुझाईने बिभागका प्रमुख राजकुमार खड्काले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments