हिउँदे अधिवेशनको पहिलो दिन : संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
- माघ १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच शुक्रवार छलफल भएको छ ।
सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले लामो समयदेखि थाँती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।
साथै, संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका भएको बताइएको छ ।
छलफलमा उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments