आईसीसी यू-१९ विश्वकप : भारतसँग १३२ रनले नेपाल पराजित

- माघ १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आईसीसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपाललाई भारतले १३२ रनले पराजित गरेको छ । नेपाले भारतले दिएको २९७ रनको तार्केटलाई निर्धारित ५० वभरमा १६५ रनमा समेटिदै १३२ रनले पराजित भएको हो ।

आईसीसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार साँझ सम्पन्न खेलमा भारतले नेपाललाई एक सय ३२ रनले पराजित गरेको हो ।

दुई सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए । दुर्गेश गुप्ताले २९, अर्जुन कुमाल २६ रन, दीपक बोहोरा २२ रनमा आउट भए ।

त्यस्तै गुलशन झा र विशाल विक्रम केसी १ रनमा आउट भए । भने दीपेश कँडेल, दीपक डुम्रेले खाता खोल्न सकेनन् । भारतका लागि सौम्य कुमार पाण्डेले चार विकेट तथा अर्शिन कुलकर्णीले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो। भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर